१३ बैशाख २०८१, बिहीबार

एक कित्ता जमिन र एउटा बूढो रुख कविता संग्रह विमोचन



लम्की । साहित्यकार कर्णबहादुर थापाको कविता संग्रह एक कित्ता जमिन र एउटा बूढो रुख आइतबार लम्कीमा विमोचन भएको छ ।
अक्षर साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले पुस्तकको विमोचन गरे ।
कार्यक्रममा साहित्यकार चन्द«सिंह भट्टराई, नरराज गिरी, प्राध्यापक सरोजकुमार शाह, राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष जेवी अनुरागी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले कविता संग्रहबारे टिप्पणी गरेका थिए । कविता संग्रहमा ७७ वटा कविता समावेश भएका छन् । सो कविता संग्रह गगनसिंह फाउन्डेसनद्वारा प्रकाशित गरिएको छ ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार