१३ बैशाख २०८१, बिहीबार

औ डियर जिन्दगी



तिमी भागेको भागेको गर्छौं म देखि
म कुदिरहेको छु जहिले तिम्रो पछि पछि,
एक पल्ट फर्केर त हेरिदेउ न हौ
औ माई डियर जिन्दगी ।

नजिक देखि टाढो सम्म सबै मेरो भन्छु,
थुपार्ने सके पनि नसके पनि सम्पत्ति नै गन्छु
लाने त आखिर कात्रो पनि होइन रहिछ
र पनि अन्त तक सबै आफ्नु भन्छु
किन होला ?
औ माई डियर जिन्दगी ।

घमण्ड किन होला बाँसमा चड्नु छ आखिर
कस्ता कस्ता आए गए फेरि आउने नै छ,
राजालाई त छोड्नु सक्ने पैसामा राख्दा पनि,
सानू घाउमा पनि कति माया हो,
औ प्रिय माई डियर जिन्दगी ।

लाखमा खेल्ने पनि आज खरानीको थाक भए,
थाकै थाकमा सुत्ने पनि आज यहाँ लास भए
कति प्रिय लाग्छ देखेका सबै दुनियाँ
तर पनि कति माया हो यो दुनियाँ
भन न,
औ माई डियर जिन्दगी ।

थाकेको कहाँ छु र तिमी जान्छौं भनेर
मर्नु पनि कहाँ तयार छु र काल आउँछ भनेर,
लडाइ खेल्दै छु हस्पिटलको चेपचापमा उ सित
र पनि प्रिय किन लाग्छ भन न,
औ डियर जिन्दगी ।

खोज्दै छु अमर हुने औषधी छ कि दुनियाँमा,
सोध्दै छु अमर भएर बाँचेको छ कि दुनियाँमा,
कसैले बनाएको छ कि बाँच्ने उपायहरू
मिलाउदै छु आफ्नु सा सानू चाहना
र पनि किन प्रिय छौ
औ माई डियर जिन्दगी ।

रुपको घमण्ड हो कि बल घमण्ड हो ?
जित्छु जस्तो लाग्छ अब जिन्दगी
सबै हारेको देख्दा लाग्छ अब
हारी सकेको छु अब जिन्दगी
र पनि अतिप्रिय छौं
औ माई डियर जिन्दगी ।

तिमी बढेको छौ अघि अघि म पछि छु,
तिमीले प्रत्येक दिन जित्दैछौ मिनट मिनटमा
म हार मान्दैछु घडीका काँटाहरुमा,
धड्कन सितै बग्दैछु हिजो आज
तर किन हार्दैछु
माई डियर जिन्दगी ।।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार