१५ चैत्र २०८०, बिहीबार

नारीको पुकार



आधुनिक सभ्यताको गतीसँगै
मेरो अस्मिताबारे असभ्य संसारमा
तिमी मलाई जोगाइदेऊ
निर्धक्क भई तिमी झै
संसार हेर्न मलाई पनि देऊ ।

नौ महिना तिमी कोखमा छककदा
तिम्रो आगमनको पल सम्झन्दा
हरेक पल तिम्रो स्पर्श महसूस गरी
कैयौ सपना सजाउने
म नै तिम्रो आमा हु ।
त्यसैले हरदम मेरो ढाल बनि,
संसार हेर्न मलाई पनि देऊ ।

तिम्रो हरेक पाइलामा साथ दिनलाई
तिमीसंग सुन्दर संसार सजाउनलाई
प्यारो माइतीघर छोड़ी आउने
हरपल तिम्रो छेउमा उभिने,
म नै तिम्रो अर्धाड़गिनी हु ।
त्यसैले हरदम मेरो ढाल बनि
संसार हेर्न मलाई पनि देऊ ।

तिमीलाई आफ्नो हिरो झै मान्ने
तिम्रो काखमा निर्धक्क निदाउने
तिम्रो स(साना गालीमा ठुस्किने
अति कोमल हृदयकी
म नै तिम्रो छोरी हु ।
त्यसैले हरदम मेरो ढाल बनि
संसार हेर्न मलाई पनि देऊ ।

रक्षा बन्धन र तिहारको दिनमा
खुशी भई व्रत बसी, माला उनी
तिम्रो सुस्वास्थको कामनासंगै
आफ्नो रक्षाको भिख माग्ने
म नै तिम्रो चेली हु ।
त्यसैले हरदम मेरो ढाल बनि
संसार हेर्न मलाई पनि देऊ ।

तिम्रो साथमा हास्ने खेल्ने
तिमीसंगै आफुलाई खुशी पाउने
एउटै थालबाट जुठो भात खाने
अनि एउटै खेलौनामा झगड़ा पर्ने
म नै तिम्रो साथी हु ।
त्यसैले हरदम मेरो ढाल बनि
संसार हेर्न मलाई पनि देऊ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार