८ बैशाख २०८१, शनिबार

स्वाभिमानका लागि साँस्कृतिक कार्यक्रम



धनगढी । स्वाभिमान र समृद्धिलाई आफ्नो लक्ष्य बनाएर भारतमा क्रियाशिल नेपालीहरुको साझा संस्था मेची महाकाली जागरण अभियान भारतले आउदो अगस्त ११ का दिन अन्तरक्रियात्मक साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

दुई बर्ष पहिला विधिवत रुपमा स्थापना भएर भारतमा रहेका नेपालीहरुका समस्याका वारेमा वकालत गर्दै आएको उक्त संस्थाले आउदो अगस्त ११ ( साउन २६) का दिन भारतको हरियाणा राज्यको फरिदावादमा कार्यक्रम गर्न लागको हो । मेची महाकाली जागरण अभियान भारतले नेपालीहरुका पर्व र मौलीकतासित जोडेर विभिन्न समयमा साँस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ, अगस्त ११ मा गर्न लागेको कार्यक्रम समय सान्दर्भीक तथा चेतनामुलक हुने संस्थाका अध्यक्ष किसन बोहराले बताए । ‘राजनीतिमा आबद्ध भएकाहरुलाई जागरण गराउनका लागि यहाँपनि राजनितीक संगठनहरु छन् तर राजनीतिसंग नजोडिएका यहाँ बस्ने नेपालीहरुलाई स्वाभिमान र समृद्धिका बारेमा चेतना दिनुपर्छ भन्ने मनसायका साथ संस्था स्थापना गरेर लागेका छौ’ अध्यक्ष बोहराले भने ।

मेची महाकाली जागरण अभियानले विभिन्न समयमा विभिन्न खाले कार्यक्रम गर्दै आएका छ, यो कार्यक्रम उसले अहिले सम्म गरेका मध्येको तेस्रो ठुलो कार्यक्रम हो । भारतमा काम गरेर घर फर्कने नेपालीले सिमानामा भोग्ने गरेका समस्या तथा भारतमा काम गर्ने नेपालीहरुको तथ्याङ्क राज्यका निकायले राख्नुपर्ने आफुहरुको माग रहेको संस्थाका महासचिव सुरेन्द्र बोहराले बताए । उक्त कार्यक्रममा जनताका दुःखका गीत गाएर चर्चाका रहेका गायक बद्री पंगेनी, देउडा गायिका निरुता खत्री र गायक राम बोहरा लगायतकाको प्रस्तुति रहने आयोजकले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार