२३ बैशाख २०८१, आईतवार

वरदान समूहद्वारा तीन जनालाई सम्मान



दार्जिलिङ । वरदान समूह दार्जिलिङले विभिन्न विधाका तीन जनालाई सम्मान गरेको छ । आइतबार दार्जिलिङको प्रेस गिल्डमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।

सम्माननित हुनेहरुमा चित्रकार भानु खवास, किक बक्सिङका खेलाडी उत्तमा राई र मनिषा तामाङ रहेका छन् । उनीहरुले आ आफ्नो क्षेत्रबाट समाजमा सकरात्मक योगदान पुर्याएको भन्दै सम्मान पत्रलगायत स्मृति चिन्ह शिरशोभा र दोसल्ला ओड़ाएर सम्मान गरेको वरदान समूहले जनाएको छ ।

साहित्यकार दलसिंह अकेलाको अध्यक्षतामा भएको सो कार्यक्रममा अनलाइन प्रचारप्रसारका प्रणेता उद्दयन राई चामलिङको प्रमुख आतिथि रहेका थिए भने पत्रकार सबिता थापा ‘संकल्प’ सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार