७ बैशाख २०८१, शुक्रबार

चर्चित र्यापर भिटेन धनगढी आउँदै



धनगढी । नयाँ वर्षको अवसरमा चर्चित युवा ¥यापर भिटेन धनगढी आउने भएका छन् । नयाँ वर्षको अवसरमा ड्रिम वर्कस् मोडलिङ एण्ड इभेन्टद्वारा धनगढीमा आयोजना हुने वृहत सांस्कृतिक कार्यक्रममा भिटेन सहभागी हुने जनाइएको छ ।
वैशाख १३ गते आयोजना हुने वृहत् सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक मनोज जेठराले सांस्कृतिक कार्यक्रममा ¥यापर भिटेनसंगै गायक बोक्टानी किङ, मन श्रेष्ठ, डिजे डेकिङ र डिजे नेहा पनि सहभागी हुने बताए ।
सांस्कृतिक कार्यक्रमको प्रवेश शुल्क तीन सय ५० रुपैयाँ तोकिएको छ । कार्यक्रम संयोजक जेठाराले सांस्कृतिक कार्यक्रमबाट हुने आम्दानीको दश प्रतिशत रकम अनाथाश्रमलाई र दश प्रतिशत रकम धनगढी करा“ते एकेडेमीलाई सहयोग गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार