१६ बैशाख २०८१, आईतवार

विभिन्न स्थानमा सडक नाटक प्रदर्शन



धनगढी । नवप्रतीभा समूहले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा सडक नाटक तथा सचेतना कार्यक्रम गरेको छ ।
घरेलु हिंसा तथा बोक्सीको आरोपमा यातना विरुद्ध दुई महिना अघि शुरु भएको अभियान बुधबार समापन भएको समूहले जानकारी दिएको छ ।
अभियानका क्रममा कैलाली र कञ्चनपुरका पाँच/पाँच स्थानमा सडक नाटक र विभिन्न विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई सचेतना कार्यक्रम भएको समूहकी अध्यक्ष मीना सोवले जानकारी दिइन् ।
उनका अनुसार कञ्चनपुरको धर्म जनता, विन्देश्वरी, अस्क्रम माध्यामिक विद्यालय र कैलालीको त्रिनगर, अमर र धनगढी माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई घरेलु हिंसा तथा सामाजिक कुरीति विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यस्तै, कञ्चनपुरको गड्डाचौकी, मदन चौक, डोके बजार, कैलालीको गौरीफण्टा, क्याम्पस चौक, सुखड लगायतका स्थानमा सडक नाटक प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार