१५ बैशाख २०८१, शनिबार

‘दर्द’ गजल संग्रह विमोचन



धनगढी । जयलक्ष्मी जोशीद्वारा लिखित ‘दर्द’ गजल संग्रहको शनिबार विमोचन गरिएको छ । कवि मोतीराम भट्टको १५३ औं जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा सो गजल संग्रहको विमोचन गरिएको हो ।
गजल संग्रहको प्रदेश सांसद डिल्लीराज पन्त र १००८ गौरीशंकरले संयुक्त रूपमा विमोचन गरेका हुन् । लेखक जयलक्ष्मी जोशीले आफ्नो गजल संग्रहमा सामाजिक परिवेश, महिला माथिको हिंसा, कूरीतिका बारेमा गजल मार्फत प्रहार गरेकी छन् । साथै उनको संग्रहमा असफल प्रेमका बारेमा पनि चर्चा गरिएको छ । २०४५ सालमा दुर्गम जिल्ला बझाङमा जन्मिएकी जोशी हाल धनगढी उपमहानगरपालिका ५ मा बस्दै आएकी छन् ।
विमोचन कार्यक्रममा गजल संग्रहकी लेखक जोशीले ७ नम्बर प्रदेश राज्यको दृष्टिमा पछि परेको र समाजमा रहेका कूप्रथाका कारण यहाँका महिलाहरूले भोग्नु परेका पीडाका बारेमा गजल मार्फत चर्चा गरिएको बताइन् । उनले यो आफ्नो पहिलो रचना भएको र निकट भविष्यमै मुक्तक संग्रह र उपन्यास पनि प्रकाहनको तयारीमा रहेको बताइन् । कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार