१७ बैशाख २०८१, सोमबार

१९ वर्षे तन्नेरी र ७२ वर्षे बेहुलीकाे पहिलो अनुभव !



प्रेममा उमेरको अन्तरले कुनै अर्थ राख्दैन भन्ने मान्यतालाई अमेरिकाको एक जोडीले सत्य सावित गरेका छन्।
१९ वर्षका एक युवकले आफूभन्दा ५३ वर्ष जेठी महिलासँग बिहे गरेका छन् । हजुरआमा उमेरकी महिलासँग बिहे गरेका उनले आफ्नो पहिलो सेक्स अनुभवका बारेमा खुलेर बताएका छन् ।
गेरी हार्डविक र अलमेडाबीच दुई वर्षअघि चिनजान भएको थियो । त्यतिबेला अलमेडा ७१ वर्षकी थिइन् भने गेरीको उमेर १७ वर्ष थियो । अलमेडाका छोरा रोबर्टको अन्तिम संस्कारका बेलामा उनीहरुको भेट भएको थियो ।
रोबर्टकी विधवा पत्नी लिसाले एक पारिवारिक कार्यक्रममा आफ्नी सासु अलमेडासँगै गेरीलाई पनि बोलाएपछि ती दुईबीच पुनः भेट भयो ।
त्यसबेला गेरीको एकजना ७७ वर्षे प्रेमिकासँग भर्खरै ब्रेकअप भएको रहेछ । अलमेडासँग भेट भएर चिनजान हुँदाखेरी नै गेरीले सोँचेका थिए कि अब उनको जीवनमा आउने महिला भनेको उनै हुन् । जतिबेला अलमेडा ६ बच्चाको हजुरआमा बनिसकेकी थिइन् ।
गेरीले अलमेडासँग आफ्नो मनको कुरा खेले । तन्नेरीसँग रोमान्स गर्न पाउने भएपछि अलमेडाले पनि नाइँनास्ती गर्ने कुरा भएन । अन्ततः दुईहप्ताको रोमान्स पछि गेरी र अलमेडाले बिहे गरे । उनीहरुको बिहेमा मात्र २ सय डलर खर्च भएको थियो ।
दुई वर्षपछि अहिले अलमेडाको उमेर ७२ वर्ष छ भने गेरी १९ वर्षका छन् । यो जोडीको उमेर अन्तर असामान्य भएपनि कुनै सामान्य जोडीभन्दा कम खुसी छैनन् । अलमेडा भन्छिन्, यदि तपाइँ कसैसँग प्रेम गर्नुहुन्छ भने उमेर त केवल आँकडा मात्र हो ।
आफूलाई कहिल्यै पनि आफ्नो उमेरका तरुनी केटीहरुप्रति आकर्षण नजागेको गेरी बताउँछन् । बिहेको रात पहिलोपटक सेक्स गर्दाको अनुभव शानदार रहेको उनको अनुभव छ । अलमेडा अति उत्तम प्रेमिका हुन् भन्ने उनको ठम्याइ छ ।
यद्यपि, अलमेडालाई आफ्नो बिहेका कारण आफ्नो अर्को छोराबाट टाढिनुपरेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार