७ पुष २०८१, आईतवार

दुनियाँको यस्तो गाउँ, जहाँका सबै युवतीहरु कुमारी छन्



यो दुनियाँमा यस्तो गाउँ पनि छ, जहाँ केटीहरुलाई कुनै केटा पाउन मुस्किल छ र बिहे नगरीकनै जोवन बितिरहेको छ ।
जीवन साथी पाउने आशमा युवतीहरुले दिन गुजार्न र पाको उमेरसम्म पनि कुमारी नै बस्न बाध्य छन् त्यो गाउँका युवतीहरु ।
ब्राजिलको एक गाउँको अवस्था यस्तो छ । झण्डै ६ सय महिलाको जनसंख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै युवतीहरुको बिहे गर्न बाँकी छ र उनीहरुलाई बिहे गर्नका लागि केटा फेला परेको छैन । बिहे नगरीकनै बस्न बाध्य ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको छ।
समाचार अनुसार यो गाउँमा अविवाहित पुरुष भेटाउनु भनेको परालमा सियो खोज्नु जस्ते हो । सोही कारण केही युवतीहरु विवाहित पुरुषसँग बिहे गर्न र सौता बनेर भित्रिन बाध्य छन् ।
यो गाउँ विगत एक सय वर्षदेखि बाहिरी संसारबाट अलग्गै रहेको छ । यहाँका युवतीहरु बिहे गर्न त चाहन्छन् तर गाउँभित्र मात्रै । बिहे गरेर गाउँ बाहिर पठाउने चलन यहाँ छैन । गाउँ भन्दा बाहिरको कुनै पनि केटासँग यहाँका युवतीले बिहे गर्न चाहँदैनन् र बिहे गरिहालेमा पनि केटाले आफ्नो गाउँ छाडेर सोही गाउँमा भित्रिनुपर्दछ । यो मातृसत्तात्मक गाउँको रुपमा रहेको छ । गाउँमा विवाहित महिलाहरुले समेत आफ्ना लोग्नेलाई गाउँमा बस्न दिएका छैनन् ।
उनीहरुलाई हप्ताका ५ दिन कामका लागि गाउँ बाहिर पठाइन्छ र सप्ताहन्तमा मात्र घर फर्किन पाउँदछन् । १८ वर्ष कटेका छोराहरु पनि गाउँमा बस्न पाउँदैनन् । सन् १८५१ मा यो मातृसत्तात्मक गाउँको स्थापना भएको हो ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार