१३ बैशाख २०८१, बिहीबार

क्यानको प्रदेश कमिटी विस्तार



धनगढी । क्यान महासङ्घ प्रदेश न ७ को प्रदेश कमिटीको विस्तार भएको छ । क्यान महासङ्घको २४ औँ वार्षिक साधारणसभाबाट कर्ण पनेरु क्यान महासङ्घको ७ नम्बर प्रदेशको संयोजक भएका थिए ।
हिजो (सोमबार) कञ्चनपुरमा भएको सभाले ७ नम्बर प्रदेशको क्यान कमिटीको विस्तार गरेको हो । जसको उपाध्यक्षमा धिरज बोहरा, सचिव गोपाल प्रसाद आचार्य, कोषाध्यक्ष लक्ष्मी प्रसाद पन्त, सहसचिव धिरेन बोगटी चयन भएका छन् ।
यस्तै, सदस्यमा टेक राज पनेरु, मनोहर कुमार श्रेष्ठ, पदेन सदस्य बिरेन्द्र प्र भट्टराई र करण सह पाल चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार