१५ चैत्र २०८०, बिहीबार

खुला गजल प्रतियोगिता



धनगढी । पुस १५ को अवसरमा अछाम विद्यर्थी एकता मञ्चको आयोजनामा शनिबार खुला गजल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।
प्रतियोगितामा कञ्चनपुरका आशा साँकी प्रथम, महेश नेपाली (निर्दोष) द्वितीय, ध्रुवा तिमिल्सिना तृतीय तथा आशिष सोनी र राजेन्द्र विक (एकल यात्री) सान्त्वना भएका छन् ।
यसअघि धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले अछामी ढुकढुके रोटी भाँचेर उद्घाटन गरेको कार्यक्रम मञ्चका संयोजक सोकेन्द्र थलारीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा अछाम सेवा समिति अध्यक्ष प्रेमबहादुर शाह, कैलाली बहुमुखी क्याम्पसका प्राचार्य डाक्टर पदमराज जोशी, स्ववियु पूर्व सभापति प्रकाशबहादुर बोगटी, तपेन्द्र भुषाल, खगेन्द्र वड, मीन वादी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार