२९ बैशाख २०८१, शनिबार

यो हो दुनियाँकै ठूलो कुकुर



यो तस्वीर फ्रेडी नामक ५ वर्षे कुकुरको हो । यो विश्वकै सबैभन्दा ठूलो कुकुरको रुपमा गिनिज बुकमा दर्ज छ ।
बेलायतकी पूर्व फेसन मोडेल क्लेरी स्टोनमेनले जब नाजुक अवस्थाको देखिने एक कुकुरको छाउरो खरीद गरेकी थिइन् तब उनले त्यसदिन सोँचेकी पनि थिइनन् की त्यो एकदिन दुनियाभर प्रसिद्ध हुनेछ । त्यो सानो छाउरो आज दुनियाकै सबैभन्दा ठूलो कुकुर बनेको छ ।
पाँच वर्षको लालनपालन पश्चात अहिले फ्रेडी ७ फिट ६ इन्च लम्बाइको भएको छ । ग्रेट डेन प्रजातिको यो कुकुरले विश्वको सबैभन्दा लामो कुकुरको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।
यो कुकुुरको तौल ९२ किलो भन्दा धेरै छ । यो किर्तिमानी कुकुरको आहारा पनि जिउ अनुसारकै छ । यसले खानेकुरामा पिनट बटर तथा चिकेन खुब मन पराउँछ । एकपटकमा धेरै बटर तथा कुखुराको मासु खान सक्छ यसले । यसको सामान्य खानाकै वार्षिक खर्च १५ लाख भन्दा धेरै पर्न आउँछ ।
कुकुरकै कारण मोडेल क्लेरी पछिल्लो पाँच वर्षदेखि सिंगल छिन् । कुकुरबाट टाढा हुनु नपरोस् भनेर आफु कुनै रिलेसनमा नरहेको उनी बताउँछिन् । ४४ वर्षकी क्लेरीले फ्रेडीलार्य आफ्नो सन्तानझैँ माया गर्छिन् । दुबै एउटै ओछ्यानमा सुत्छन् ।
उमेर ढल्किँदै गएपछि अहिले क्लेरीले आफ्नो लागि यस्तो पार्टनर खोजिरहेकी छिन् जसले आफ्नो र कुकुर दुबैको केयर गरोस् । अनि पार्टनरकै कारण आफु र फ्रेडीबीचको सम्बन्धमा कुनै समस्या नआओस् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार