१६ चैत्र २०८०, शुक्रबार

देश दु:खेन



देश दु:खेन उनलाई,
उनलाई त पराइको स्वार्थ दुख्यो ।
खै किन ?
मातृभूमिको चित्कार दु:खेन उनलाई,
बरु,
उनलाई पराइको अहंकार दुख्यो ।
सायद,
उनले आमाको दूध पिएनन्, कि ?
वा,
मातृवात्सलय र स्तन रस बिर्से हो,
किन उनको आत्माबाट राष्ट्रबाद चुक्यो ।
हो,
जुठो पुरेमा जीवन सांटेर त होला,
कुटुम्बको रगत बाटेर त होला ।
उनको शरीरमा देशभक्तिको रगत सुक्यो ।
उनलाई देश दु:खेन ।
मातृभूमिको चित्कार दु:खेन ।
परिश्रमको रोटिले पुगेन, वेइमानीको मूल्यले पुग्यो ।
पराई सामु मातृभूमिको अस्मिता लिलाम बोलेऊ र त,
स्वाभिमानी नेपालीको सिर झुक्यो ।
देश दु:खेन उनलाई,
उनलाई त पराईको हित दुख्यो ।
२०७२/०४/०७

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार