१७ बैशाख २०८१, सोमबार

बढी यौन खेलौना किन्नेमा अस्ट्रेलियन महिला



यौन खेलौना खरिद गर्नेमा अस्ट्रेलियन महिला अग्रस्थानमा रहेको एक सर्वेक्षणले देखाएको छ ।
यौन खेलौना बिक्री गर्ने लभहनीले आफूले बिक्री–वितरण गर्ने ६ देशका ४ लाख प्रयोगकर्तामा गरेको सर्वेक्षणबाट उक्त तथ्य देखा परेको हो । सोही सर्वेक्षणअनुसार अस्ट्रेलियन महिलाले अमेरिकी महिलाको तुलनामा ३ गुणा बढी कामोत्तेजक पहिरन खरिद गर्ने गरेका छन् ।
अस्ट्रेलियालगायत जर्मनी, ब्रिटेन, फ्रान्स, क्यानाडा र अमेरिकामा गरिएको सर्वेक्षणअनुसार अस्ट्रेलियाका ५२ प्रतिशत महिलाले यौन खेलौना खरिद गर्ने गरेका छन् ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार