२९ बैशाख २०८१, शनिबार

चुनावबारे चर्चित १५ भनाइ



हामीकहाँ चुनावको माहौल छ। लोकतन्त्रको प्रमुख आधार मानिने स्वतन्त्र चुनाव निकै पहिलेदेखि बहसको विषय बन्दै आएको छ। लिंकनदेखि लिएर मार्क्ससम्मका विद्वानहरुले यसका बारेमा अनेक टिप्पणी गरेका छन्। कसैले प्रशंसामा शब्द खर्चिएका छन् भने कसैले निर्वाचन प्रक्रियाकै खिल्ली उडाएका छन्। चुनावबारे यस्तै केही रमाइला र चर्चित भनाइहरु पढौँः

‘बुलेट’ भन्दा ब्यालेट’ बलियो हुने टिप्पणी गर्ने अब्राहम लिंकनको निर्वाचनसम्बन्धी यो चर्चित भनाइबाट सुरु गरौँः

१. ‘चुनाव जनतासँग सम्बन्धित छ। यो उनीहरुको निर्णय हो। यदि उनीहरुले आगोतिर ढाड फर्काउने निर्णय गरे र आफ्नो पछाडिको भाग डढाए भने त्यहाँ उठेको फोकामाथि उनीहरु नै बस्नुपर्नेछ।’

२. ‘मत भनेको एउटा राइफलजस्तै हो। यसको उपयोगिता यसको प्रयोगकर्ताको चरित्रमा निर्भर हुन्छ।’ थियोडार रुजवेल्ट

३. ‘शोषितहरुलाई प्रत्येक केही वर्षमा उनीहरुको प्रतिनिधित्व र दमन गर्ने शोषक वर्गको प्रतिनिधि छान्ने मौका दिइन्छ।’ कार्ल मार्क्स

४. ‘मालिकहरुको स्वतन्त्र चुनावले मालिक र दास दुवै समाप्त हुँदैनन्।’ हर्बट मार्कस

५ ‘प्रत्येक चुनाव ती व्यक्तिद्वारा निर्धारित हुन्छ, जो मतदान गर्न जान्छन्।’ ल्यारी जे साबातो

६. ‘घुमाउरो रुपले खुला बजार तथा स्वतन्त्र निर्वाचनद्वारा शासित समाजमा संगठित लोभले असंगठित लोकतन्त्रलाई जहिल्यै पराजित गर्छ।’ म्याट तैबी

७. ‘प्रजातन्त्रमा चुनावमा हार्नेहरुले यसमा निष्पक्षता थिएन भन्ने सोचेर सँधैभरी आफूलाई सहानुभूति दिन सक्छन्।’ थुसाइडिडस

८. ‘चुनाव राम्रो होइन। यो कुन चाहिँ राजनीतिज्ञ तपाईंको ब्रेनवास गर्न सबैभन्दा सक्षम छ भन्ने कुरा निर्धारित गर्ने उपाय हो।’ डेनिस इ एडोनिस

९. ‘मान्छेहरु भन्छन्, तपाईंले मतदान गर्नुभएन भने तपाईंलाई सुहाउने सरकार बन्नेछ र तपाईंले मतदान गर्नुभयो भने तपाईंले अपेक्षा गरेको नतिजा कहिल्यै पाउनुहुनेछैन।’ इ ए बुखियानेरी

१०. ‘यदि मतदानले कुनै फरक पार्थ्यो भने, हामीलाई मतदान गर्न दिइँदैनथ्यो।’ मार्क ट्वेन

११. ‘मत दिने जनताले केही पनि निर्णय गर्दैनन्। जसले मत गिन्ती गर्छन्, सबैथोक उनीहरुले नै निर्णय गर्छन्।’ जोसेफ स्टालिन

१२. ‘आज हामी दोबाटोमा उभिएका छौँः एउटा बाटो हामीलाई पूर्ण निराशातिर डोर्‍याउँछ भने अर्को बाटोले पूर्ण विलयतिर। आशा गरौँ, सही विकल्प चुन्ने बुद्धिमत्ता हामीसँग छ।’ उडी एलेन

१३. ‘अमेरिकाको एक नागरिक प्रजातन्त्रका लागि लड्न महासागर तर्छ तर चुनावमा मतदान गर्न बाटो काटेर पारिपट्टि जाँदैन।’ बिल भगान

१४. ‘यदि सुँगुरहरुले मतदान गर्न पाउँथे भने जुठेल्नोको भाँडो बोकेको मानिस जहिल्यै सुंगुर गोठालो छानिन्थ्यो, भलै उसले जतिसुकै सुँगुर किन नमारोस्।’ ओर्सोन स्कट कार्ड

१५. ‘चुनाव जित्ने मामिलामा जहिले पनि आदर्शवाद व्यवहारिकताको सामुन्ने हार्छ।’ ड्यानी स्ट्रङ

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार