४ जेष्ठ २०८१, शुक्रबार

जब ४२ हजार फिटमाथि जहाजमा सुत्केरी व्यथा लाग्यो…



टर्किस एयरलाइन्सको बोइङ ७३७ जहाजमा एक महिलाले छोरीलाई जन्म दिएकी छन् । गुइनाको राजधानी कन्क्रीबाट बुर्कना फस्कोको राजधानी हुँदै ओगाडोगो हुँदै स्तनबुलका लागि उडेको केही समयपछिनै जहाजमा यात्रा गरिरहेकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेको थियो ।
बीबीसीले जनाएअनुसार जहाजमा सवार नाफी डियबी नामकी एक २८ बर्षीया महिलाले ४२ हजार फिटको उचाइमा छोरीलाई जन्म दिइन् । जहाज बुर्किना फास्कोको राजधानीमा अवतरण गरियो र कादिजु नामक छोरी र आमा दुवै जनालाई अस्पताल लगियो । उनलाई संगै यात्रा गरिरहेकी सहयात्रीहरुले सहयोग गरेका थिए । टर्कीस एयरलाइन्सले भरखरै जन्मेको बच्चासंगको आप्ना परिचारिकाहरुको तस्विरसमेत सार्वजनिक गरेको छ ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार