४ जेष्ठ २०८१, शुक्रबार

दिनदिनै जिउँदो बिच्छी खानुपर्ने बानी



समरा इराकका एक किसान इस्मेल जसिम मोहम्मदका अनुसार दिनको कम्तीमा पनि एउटा जिउँदो बिच्छी खानैपर्ने उनको बानी भइसकेको बताउँछन् र यदि तीन दिनसम्म बिच्छी नखाएको खण्डमा भिन्दै प्रकारको लक्षण देखा पर्ने उनको भनाई छ ।
३४ वर्षीय इस्मेलले विगत १५ वर्षदेखि जिउँदो बिच्छी खाने गर्दै आएका छन् । इराकको शहर समाराको नजिकको एगेलाम गाउँमा बिच्छीहरुले दुःख दिइरहेको समयमा उनले जिउँदो बिच्छीहरु खाएर आफ्नो रोग पनि निर्मुल पार्ने सोच बनाए । एकदिन उनले जिउँदो बिच्छी समाए र त्यसलाई जिउँदै खाइदिए, उनलाई त्यसको स्वाद यति मनपर्यो कि त्यसबेला देखि बिच्छीलाई स्न्याक्सको रुपमा खाने गरेका छन् ।
सुरुका दिनमा उनको मुखमा बिच्छी अड्किने गर्दथ्यो तर पछि उनको बानी पर्यो र बिच्छीको विषले उनले प्रतिरोध क्षमतामा बृद्धि गरेको उनको भनाई छ । अहिले उनी आफ्नो अचम्म लाग्दो डाइटको बानीमा परिसकेका छन् र दिनको कम्तीमा पनि एउटा जिउँदो बिच्छी खाने गरेको उनी बताउँछन् । गर्मी मौसममा उनको गाउँ वरिपरि बिच्छीको अभाव त हुँदैन तर, जाडो मौसममा उनको यो अचम्मको डाइटको परिपूर्ती गर्न निकै गाह्रो हुने गर्दछ ।
त्यसका लागि उनले गर्मी महिनामा उनी अरु किराहरु माथि पनि भर पर्ने गर्दछन् र जाडो महिनाको लागि बिच्छीलाई स्टक राख्ने गर्दछन् । उनकी श्रीमती र छोराछोरीहरु उनको यी किराहरुदेखि डराउने गर्दछन् । समरा हस्पिटलका डाक्टरले बिच्छीको केहि नकारात्मक असरको बारेमा जाँच्दा केहि असर नभएको निष्कर्ष पनि निकालेका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार