४ जेष्ठ २०८१, शुक्रबार

१४ वर्षीय बालक विश्वविद्यालयको प्रोफेसर !



१४ वर्षीय बालक याशा एस्ले बेलायतको लेचेस्टर युनिभर्सिटीमा गणित विषयका प्रोफेसर बनेका छन् ।
विश्वविद्यालयले भिजिटिंग प्रोफेसरको रुपमा एस्लेलाई छनोट गरेको हो ।
गणितमा उनको अविश्वसनीय ज्ञान र क्षमताका कारण धेरैले उनलाई मानव क्याल्कुलेटरको उपनाम पनि दिएका छन् ।
उनका पिता मूसा एस्लेले दिनहुँ याशालाई कारमा ल्याउने र विश्वविद्यालयसम्म पुर्याउने गरेका छन् ।
आफ्नो डिग्री कोर्स पूरा गरेसँगै याशा विद्यावारिधी गर्ने तयारीमा छन् । यो वर्ष आफ्ना लागि सबैभन्दा उत्कृष्ट रहेको उनले बताएका छन् ।
आफू १३ वर्षको हुँदा नै प्रोफेसरका लागि विश्वविद्यालयमा सम्पर्क गरेको एस्लेले बताए ।
विश्वविद्यालयको समूहले गणितमा एस्लेलेको ज्ञान देखेर प्रभावित भएको जनाएको छ । उमेर कम भए पनि उनलाई विश्वविद्यालयको समूहले अतिथि प्राध्यापकको रुपमा चयन गरेको हो ।
समाचार एजेन्सीकाअनुसार विश्वविद्यालयमा अध्यापनसँगै एस्ले आफू पनि अध्यय्नरत छन् ।
उनी अहिले डिग्री हासिल गर्न अध्यय्नरत छन् । उनी त्यस विश्वविद्यालयका सबैभन्दा कम उमेरका छात्र तथा कम उमेरका प्रोफेसर पनि हुन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार