२ जेष्ठ २०८१, बुधबार

चोरी गरेर भागे तर, दुई दिनसम्म फसे चिम्नीमा



जिम्बावेमा चोरी गरेर भागेका एक व्यक्ति घरको चिम्नीमा दुई दिनसम्म फसेका छन् ।
त्यहाँको स्थानीय पत्रिकार ‘द क्रोनिकल’का अनुसार एन्डि्रया जुँगा एक युथ सेन्टरको चिम्नीमा दुई दिनसम्म फसेका हुन् । उनीमाथि घरमा चोरी गर्ने प्रयास गरेको आरोप लागेको छ ।
३३ वर्षीय जुंगान मोकोकोबा इलाकाका हुन् र तीन चोरको ग्यांगमा आबद्ध छन् । यो समूहले चिम्नीबाट पसेर थाबिसो युथ सेन्टरमा पस्ने योजना बनायो । यो समूहले चिम्नीमार्फत घरमा प्रवेश गरेर दुई कम्प्युटर, एक ल्यापटप र एक ज्याकेट चोरी गरेर भाग्यो । जुँगाले दोस्रो चिम्नीको प्रयोग गरे, जुनभित्रबाट बन्द थियो ।
समाचारमा जनाइए अनुसार जुँगाका साथीहरू सामान लिएर भागे । तर, दुर्घटनाका बारेमा केही पनि बताएनन् । थाबिसो युथ सेन्टरले आफ्नो फेसबुक पेजमा बताऊ अनुसार चोरी भएको कम्प्युटर माकोकोबा हेल्थकेयर इनिसिएटिभको तर्फबाट प्राप्त भएको थियो ।
जुँगा चिम्नीको फसेको त्यस बेला थाहा भयो, जतिबेला त्यहाँ सरसफाइका लागि कर्मचारी पुगे र कसैले सहयोग मागेको सुने ।
सुरुमा त सफाई कर्मचारी त्यहाँबाट भागे । पछि छतमा दिशा देखेपछि फायर बि्रगेडलाई खबर गरे । अहिले जुँगाको उद्धार गरिएको छ र उनलाई प्रहरीले हिरासतमा लिएको छ । उनी आफैँले भने आरोपबारे केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार