२२ बैशाख २०८१, शनिबार

यस्तो ठाउँ: जहाँ गधाले पनि लगाउँछन् सुरुवाल



लाज छोप्न मात्र होइन, जिउलाई जोगाउन पनि कपडा लगाउनु मानिसको प्रमुख आवश्यकता हो । तर मानिसले मात्र होइन, जनावरले पनि अनिवार्य रुपमा कपडा पहिरिने गरेको सुन्नुभयो भने तपाईं छक्क पर्नुहुन्छ होला । हो, फ्रान्समा एउटा यस्तो ठाउँ छ जहाँ मानिसले मात्र होइन गधाले पनि सुरुवाल लगाउँछन् ।

फ्रान्सको रे टापुमा हरेक वर्ष हजारौँ पर्यटक आउँछन् । ती पर्यटकको लागि समेत तिनै गधाहरु ऋाकर्षणको केन्द्र बन्दछन् । कारखानाका लागि मालसामान ढुवानीमा प्रयोग हुने ती गधाहरुलाई सुरुवाल लगाइदिने गरिएको छ ।

आखिर गधालाई किन सुरुवाल लगाइदिएको होला ?  गधालाई यसरी सुरुवाल लगाइदिने चलन हालसालै चलेको होइन, धेरै समयदेखि गधाले सुरुवाल लगाउँदै आएका छन् । समुद्रबाट नुन ओसार्न दलदले जमिनमा जानुपर्छ यी गधाहरुलाई । त्यस्तो ठाउँमा लामखुट्टेको प्रकोप निकै बढि हुन्छ । त्यसैले

गधाहरुलाई लामखुट्ट्ेले टोकेर नसताउन् भनेर बचावटका लागि जिउमा कपडा लगाइदिने गरिएको हो । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार