७ बैशाख २०८१, शुक्रबार

‘लैला ओ लैला’ गीतमा नाच्नका लागि सन्नीलाई ४ करोडको अफर



sunny-leone-hot-itemचलचित्र ‘रइस’मा नायक साहरुख खानसँग कम्मर मर्काउन पाएपछि नायिका सन्नी लियोनीको खुशी अझै थामिएको छैन । यो चलचित्रमा ‘लैला ओ लैला’ बोलको गीत समावेश गरिएको छ । जुन गीतमा, नायिका सन्नी लियोनीलाई फिचरिङ गरिएको छ ।

यो गीत सार्वजनिक भएको छैन । तर, गीत सार्वजनिक नहुँदै यसको चर्चा बलिउड बजारमा खुबै छ । दर्शक समेत सन्नी र साहरुखको केमेष्ट्री हेर्नका लागि आतुर छन् ।

यो गीत सार्वजनिक नहुँदै यति धेरै चर्चामा छ कि, मुम्बइको एक होटलले सन्नीलाई नृत्यका लागि महंगो पारिश्रमिक अफर गरेको छ । यो गीतमा नृत्य गर्नका लागि सन्नीलाई ४ करोडको अफर गरिएको छ ।

सुवरबान होटलले सन्नीलाई नयाँ बर्षमा ‘लैला ओ लैला’ बोलको गीतमा नृत्य गर्नका लागि ४ करोडको अफर गरेको छ । चलचित्रमा खासै सफल नभएपनि, सन्नीको जादु पनि हरेक ठाउँमा चलेकै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार