३० आश्विन २०८१, बुधबार

पथरैया पूर्ण खोप घोषणा



पथरैया । कैलालीको पथरैयालाई मंगलबार पूर्ण खोप घोषणा गरिएको छ । साविक पथरैया गाविसका नौ वटै वडाका दुई सय ९७ मध्ये दुई सय ८५ जना बालबालिकाले सबै खोप पाएपछि पूर्ण खोप घोषणा गरिएको जनाइएको छ ।
पथरैया स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष नारदानन्द उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका अधिकृत सुर्यबहादुर बिष्टले पूर्ण खोप घोषणा गरे ।
कार्यक्रममा साविक पथरैया गाविसका पूर्व अध्यक्ष टेकबहादुर बम, जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खकेन्द्र भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष भीम थारू, राप्रपाका नारायणजंग शाह, पूर्ण खोप घोषणाका वडा संयोजक नेत्रप्रसाद जैसी, महिला स्वास्थ्य स्वयंसेवका संयोजक गंगा कुँवर थापा, वडा नागरिक मञ्च संयोजक पदम टमटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा पथरैया स्वास्थ्य चौकीका अहेव रणबहादुर केसी, अनमी भावना महतारा, वडा नागरिक मञ्चका संयोजकहरू, सन्त निरंकारी मण्डल सत्संग भवन अमरावती, सामुदायिक रेडियो पश्चिम आवाज, लम्की, सामुदायिक रेडियो टीकापुर एफएम, पश्चिम लोक आवाज दैनिक, माउन्टेन टेललिभिजन र ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।
पथरैया स्वास्थ्य चौकीकी अनमी भावना महताराले स्वागत गरेको कार्यक्रमको सञ्चालन पथरैया स्वास्थ्य चौकीका ईञ्चार्ज मीन विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार