११ पुष २०८१, बिहीबार

सम्पादकीय : भारतको हेपाहा प्रवृत्ति



पटकपटक नेपाली भूमि अतिक्रमण गर्दै आएको भारतले एक पटक फेरि आफ्नो बलमिच्याई प्रवृत्ति देखाएको छ । केही दिनअघि भारतले सार्वजनिक गरेको नया“ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा समावेश गरेको देखाएको छ । कालापानी, लिपुलेक तथा लिम्पियाधुराबारे भारतले देखाएका बलमिच्याई पहिलो होइन । विगतदेखि नै कालापानीमा भारतले गिद्धदृष्टि लगाउदै आएको थियो । सबै प्रमाणका आधारमा कालापानी सहित यी तीनै स्थान नेपाली भूमि रहेको स्पष्ट हुदाहुदै पनि भारतले अनेक बहानामा कब्जा गर्ने दुस्प्रयास जारी राखेको अवस्था छ । यी तीनै स्थान निकै संवेदनशील र महत्वपूर्ण रहेकाले भारतले एकोहोरो रुपमा आफ्नो भूमिका रुपमा दाबी गर्ने कुचेष्टा गर्दै आएको देखिदैछ । भारतले नेपाली भूमि अतिक्रमण दुस्प्रयासको यो मात्रै घटना होइन । कञ्चनपुरको पुनर्बास, आनन्दबजारमा नेपाली भूमि अतिक्रमण गरि भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचना निर्माण गर्न थालेको विरोधमा स्थानीय नेपाली स्वःस्फूर्त रुपमा सडकमा उत्रिएपछि भारतीय सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटना ताजै छ । नेपालको तीनतिर भारतको सिमाले घेरेको छ । र, पूर्वदेखि पश्चिमसम्म सयौं ठाउ“मा भारतीय पक्षले बलमिच्याई गर्दै नेपाली भूमि कब्जा गर्ने कुनियत जारी राखेको अवस्था छ ।
दुई देशबीचको सिमा विवादको बैज्ञानिक तथा कुटनीतिक ढंगबाट समाधान गर्नुपर्छ भन्ने सामान्य आग्रह हो । अहिलेसम्म सिमा विवाद समाधानका लागि भएगरेका तमाम प्रयास तथा पहलबाट नेपाली पक्ष उत्साहित वा सन्तुष्ट भएको एउटै पनि गतिलो उदाहरण भेटिएको छैन । त्यसैले पनि नेपाली भूमि अतिक्रमणको सवाल सबै नेपालीको आम चासो र सरोकारको विषय बनेकोमा विमति रहदैन । बिडम्बना नेपालका प्रायः सरकारले भारतीय पक्षको अनेक सन्दर्भ तथा नाममा भएगरेका बलमिच्याई तथा हेपाहा प्रवृत्तिको गतिलो ढंगले कुटनीतिक पहल गरेको पाइदैन । नेपालको आन्तरिक राजनीतिक विषयमा समेत हस्तक्षेप गर्र्दै आएको भारतीय पक्षका अगाडी नतमस्तक बन्ने नेपाली शासकको मनोवृत्तिका कारण सयौं कालापानी, लिपुलेकमाथि भारतीय पक्षको कुदृष्टि कायमै रहेको छ । नेपाल र नेपालीका लागि यो सर्वाधिक चासो र चिन्ताको विषय बनेको छ । त्यसैले पनि भारतीय हेपाहा तथा बलमिच्याईं विरुद्ध जनस्तरबाटै व्यापक विरोध हुनु अनिवार्य बनिसकेको छ ।
भारतले जारी गरेको नया“ नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई बलजफ्ती समेटेको घटनाको विरोधमा अहिलेसम्म नेपालमा व्यापक विरोध सिर्जना भइसकेको अवस्था देखिदैन । यो विषय कुनै राजनीतिक दल वा संगठनको मात्रै चासो र सरोकारको विषय होइन । अपितु यो सबैको साझा सवाल हो । त्यसैले यो विषयमा कुनै राजनीतिक दल वा उसको भातृ संगठनले “राजनीतिक स्टन्ट” को प्रदर्शन गरेर पार लाग्दैन भन्ने बोध गरेर सबै दल तथा पक्ष एकजुट भएर सामुहिक आवाज उठाउनु जरुरी छ” को प्रदर्शन गरेर पार लाग्दैन भन्ने बोध गरेर सबै दल तथा पक्ष एकजुट भएर सामुहिक आवाज उठाउनु जरुरी छ । राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा मुलुकको सरहद रक्षाका लागि सम्पूर्ण नेपालीले एक भएर आवाज बुलन्द गर्न अब ढिलाई गरिनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार