७ पुष २०८१, आईतवार

सुदूरपश्चिम एमालेले सिस्नु लगाएर विसुपर्व मनायो (भिडियो सहित)



धनगढी/सुदूरपश्चिममा नेकपा (एमाले) ले फरक तरिकाले विसु पर्व र नयाँ वर्ष मनाएको छ ।

झण्डै लोप हुने अवस्थामा रहेको विसु पर्व मनाउन एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सुदूरपश्चिम प्रदेशबाट प्रतिनीधित्व गर्ने अधिकांश केन्द्रीय सदस्य र अगुवा नेताहरुले एक थलोमा उभिएर शुक्रबार विसु पर्व मनाएका हुन ।

मौलिक पर्व विसु मनाउने क्रममा एमालेका नेता कार्यकर्ताहरुले सिस्नु खेलेका हुन । कुनैबेला सुदूरपश्चिमका नौवटै जिल्ला, कर्णाली र भारतको कुमाउ र गढवाललमा लोकप्रिय रहेको विसु पर्व र सिस्नु लगाउने प्रचलन अहिले लोप हुने अवस्थामा छ ।

सिस्नुको विषमार्फत विगतको बेमेल हटाउने र नयाँ एकताका साथ अघि बढ्ने सन्देश विसु पर्वले दिन्छ । एमालेमा पनि बेमेल, मनुमुटाव, गुटवन्दी अन्त्य गर्ने ध्येयका साथ विसु पर्व र नयाँ वर्ष मनाइएको हो ।

सो पार्टी सुदूरपश्चिम प्रदेश कमिटीद्धारा धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेताहरुलाई सिस्नु लगाएर कार्यक्रमको उद्घाटन गरे ।

पौडलले सिस्नु लगाएपछि अरु नेताहरुले पनि एकअर्कालाई सिस्नु लगाउनु भएको थियो । मञ्चमा नेताहरुवीच सिस्नु लगाउने होड चलेपछि सभा हलमा रहेका कार्यकर्ताका वीच पनि एकअर्कालाई सिस्नु लगाउने प्रतिस्पर्धा भएको थियो ।

विसुपर्व सामाजिक एकताकायम गर्न महत्वपूर्ण हुने थाहा पाएपछि मैले नै यो कार्यक्रम आयोजना गर्ने सल्लाह दिए सुदूरपश्चिममा मिसन ग्रासरुट अभियानका कमाण्डर समेत रहेका पौडेलले भने, वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन लागि पर्ने बताए ।

उनले भने, यो पर्वको जगेर्ना गर्न जरुरी छ, यो पर्वलाई हरेक वर्ष सुदूरपश्चिममा मात्र होइन देशभरका घरघर र टोलटोलमा मनाउन जरुरी छ । जसरी सुदूरपश्चिमको देउडा देशभर प्रिय बनेको छ त्यसै गरेर विसुपर्व पनि सवैको मनपर्ने पर्व हुने उनको विश्वास छ ।

विसुपर्वले विगतका मनमुटाव भुलेर एकताका साथ असल संकल्प लिएर अघि बढ्ने सन्देश दिन्छ आज विसु पर्व मनाएपछि पनि एमालेका नेताहरुले झैझगडा गरेमा आफूलाई उहाँहरुको नाम दिन पनि नेता पौडलले आग्रह गरे ।

सुदूरपश्चिमका नेताहरुवीचको आपसी एकता कायम रहेमा यो प्रदेशमा एमाले एक नम्बर पार्टी बन्छ त्यो बुझाइ अध्यक्ष केपी ओलीको पनि छ त्यसैले नेताहरुवीच एकता कायम हुनुपर्छ उपाध्यक्ष पौडेलले बताए ।

एमालेले सुदूरपश्चिममा आन्तरिक एकता कमजोर भएकाकारण चुनाव हारेको बुझाइ आम नेता र कार्यकर्ताका वीचमा छ । हुन पनि २०७४ को चुनावमा प्रतिनिधि सभाका १६ मध्ये ११ र प्रदेशका ३२ प्रत्यक्ष सीटमा १७ जितेको एमालेले २०७९ चुनावमा प्रतिनिधि सभामा दुई र प्रदेश सभामा तीन सीट मात्र जितेको थियो । जवकी एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) ले प्रतिनीधि सभा र प्रदेश सभामा ३/३ क्षेत्र जितेको थियो ।

एमालेमा एकता भएको भए कैलालीका २,४, ५ कञ्चनपुरको २, ३ अछामको १, २, बाजुरा, दाुर्चला र वझाङका प्रतिनिधि सभा सदस्यका साथै अघिल्लो निर्वाचनकै हाराहारी प्रदेशका क्षेत्र जितिने थियो भन्ने वुझाइ एमाले वृतमा छ ।

विसु पर्व मनाइएको कार्यक्रममा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ले विसु पर्वको औचित्य बारे प्रकाश पार्दे यो पर्व सुदूरपश्चिम, कर्णालीका साथसाथै भारतका कुमाउ गढवालतिर पनि प्रसिद्ध रहेको दावी गरे ।

एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा स्थायी समिति सदस्यद्धय कर्णबहादुर थापा र विन्दा पाण्डेले विसु पर्वको सन्देश अनुसार पार्टी बलियो बनाउनु आपसी एकता बलियो हुनुपर्नेमा जोड दिएका थिए ।

विसुपर्व मनाउनका लागि कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नुका आठाका आठा (मुठाकामुठा) ल्याइएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नेता तथा अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

र, यो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार