मनमुटाव हटाउन एमालेले एकअर्कालाई सिस्नु लगाउने
धनगढी/ नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले विग्रेको पार्टी एकतालाई बलियो बनाउन र आपसी मतभेद अन्त्य गर्न आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।
एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार सुदूरपश्चिम प्रदेशको मौलिक पर्व विसुका अवसरमा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको गरिने भएको छ ।
विसु पर्वमा सिस्नो लगाएर मनमुटाव हटाउन चलन सुदूरपश्चिममा रहेको छ । सो कार्यक्रममा प्रदेशका अगुवा नेता कार्यकर्ताको सहभागिता रहने भएको छ ।
एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले केही दिन अघि एक कार्यक्रममा कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नु ल्याउन आग्रह गरेका थिए । ।
धनगढीको शहिद गेटमा रहेको सौराइ पार्टी प्यालेसमा हुने सो कार्यक्रममा विसु पर्व तथा नयाँ वर्षका शुभकामना आदानप्रदान समेत गरिने भएको छ ।