१७ बैशाख २०८१, सोमबार

कैलाली – २ बाट गठवन्धनका उम्मेदवारको मनोनयन दर्ता




लम्की / कैलाली क्षेत्र नम्बर २ बाट सत्तारुढ गठवन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता भगत बडुवालले आइतबार साँझ उम्मेदवारी दर्ता गराएका छन् । उनी ०६४ को संविधान सभा सदस्यमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै प्रदेश सभा सदस्यमा (क) बाट कांग्रेसका कमलबहादुर शाह र (ख) बाट माओवादीका नन्दबहादुर साउद राजेन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । साउद ०७४ मा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार