३० आश्विन २०८३, शुक्रबार

प्रदेश सभा सदस्य थापाको राजीनामा स्वीकृत




धनगढी/ बजेटप्रति असन्तुष्टि जनाउँदै मंगलबार सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।


प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा स्वीकृत गरेका हुन । सभामुख भण्डारीका अनुसार राजीनामा स्वीकृत भए पनि सनाखत हुन बाँकी छ ।


थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) को उम्मेदवारका रुपमा निर्वाचित भएका थिए । थापाले बजेटमा असन्तुष्टी जनाउदै पदबाट राजीनामा दिएका थिए ।


सुदूरपश्चिममा नेकपा र एमालेको सरकार छ । प्रदेश सभा सदस्य थापाले आफ्नै दलबाट आर्थिक मामिलामन्त्री बन्नु भएका चक्रबहादुर मल्लले ल्याएको बजेटमा असन्तुष्टी जनाउदै राजीनामा दिएका हुन ।


थापा यसअघि नेपाली कांग्रेसबाट मुख्यमन्त्री भएका कमलबहादुर शाहको सरकारमा कृषि, भूमीसुधार, सहकारी मन्त्री पनि थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार