२४ बैशाख २०८१, सोमबार

समाजवादीको कारवाहीमा परे तारा लामातामाङ




धनगढी / नेकपा (एकीकृत समाजवादी ) ले सो पार्टीका प्रदेश कमिटीका उपसचिव तारा लामातामाङलाई पदबाट हटाएको छ ।

प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्धारा जारी विज्ञप्ती अनुसार तामाङले पार्टी हीत विपरित गतिविधि गरेको प्रदेश सभा बैठकमा एमालेमै रहेको बताएकोले उपसचिवबाट हटाएको उल्लेख छ ।

विज्ञप्तीमा केन्द्रीय सदस्यबाट हटाउनका लागि केन्द्रमा र प्रदेश सभाबाट हटाउन प्रदेश सभा संसदीय दलमा सिफारिस गर्ने उल्लेख छ ।

तामाङले सोमबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर जुन पार्टीको जुन चिन्हबाट निर्वाचित हुँ त्यही छु भन्दै एमालेमै रहेको संकेत गरेका थिए ।

उनी एमाले हुँदा कञ्चनपुर जिल्ला अध्यक्ष, प्रदेश सभाको प्रमुख सचेतक, नेकपाको पनि प्रदेश सभाको प्रमुख सचेतक र एमाले विभाजन भएपछि छ महिना आर्थिक मामिला तथा योजनामन्त्री भएका थिए ।

उनी बुधबार महेन्द्रनगरमा हुने सभामा केपी ओलीसंग टीका लगाएर एमाले प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

हेर्नुस यो पनि ……..

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार