२४ बैशाख २०८१, सोमबार

तारालामा तामाङ समाजवादी छोडेर एमाले फर्किए




धनगढी / माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी ) का नेता रहेका प्रदेश सभा सदस्य तारालामा तामाङले एमाले फर्किएको घोषणा गरेका छन् ।

सोमबार सुदूरपश्चिम प्रदेश सभामा विशेष समय लिएर बोलेका तामाङले आफू शुरुमा जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको थिए त्यही हिसावले प्रस्तुत हुने बताए । बजारमा अनेक हल्ला चले त्यसैले प्रदेश सभालाई साँचो कुरा बताएको उनले भने ।

प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म शुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसावले प्रस्तुत हुने दोहोर्याएका थिए ।उनले अहिलेको गठवन्धनले जनताको पक्षमा काम नगर्ने देखिएकोले पनि पुरानै पार्टीमा फर्केको धारणा पनि राखे ।

तामाङ ०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनी त्यो बेला एमाले कञ्चनपुरका अध्यक्ष समेत थिए ।

नेता तामाङले केही राम्रो गर्न सकिन्छ कि भनेर अर्को पार्टीमा गएको संकेत गरेका थिए । उनले भने, मन्त्री हुनका लागि मात्र अर्को पार्टीमा गएको होइन, छ महिना मन्त्रालय चलाए, पछि अर्को गठवन्धन भयो कांग्रेस सरकारमा आयो तर तरिका पुरानै भयो ।

उनले प्रदेश सरकारबाट कमिशनका आधारमा योजना दिइएको, घोषणा भएको ठाउँमा प्रदेश राजधानी बनाउन मुख्यमन्त्री सहितको सरकार गम्भीर नभएको आरोप पनि लगाएका थिए ।

नेता तामाङलाई मन्त्रीबाट हटाएर एकीकृत समाजवादीकै प्रकाश रावललाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको छ भने समाजवादीले चलाएका दुई मन्त्रालयमा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री भएका छन् ।

तामाङ सहितलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार भदौ १५ गते महेन्द्रनगर आउदै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार