२२ बैशाख २०८१, शनिबार

दलित नेटकर्वक २२ औ वर्षमा : आफूहरुले उठाएका मुद्धा सम्वोधन भएको दावी



धनगढी / राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले आफूहरुले उठाएका सवालमा सफलता प्राप्त गरेको दावी गरेको छ ।

सो संस्थाको स्थापना दिवसका अवसरमा अध्यक्ष गणेश विकले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दे नेटवर्कले उठाएका कतिपय मुद्दाहरु स्थानीय हुँदै राष्ट्रिय अनि अन्तराष्ट्रियकरण भई सही ढंगले सम्बोधन भएको दावी गरेका छन् ।

२०५७ भाद्र ६ गतेका दिन दलित समुदायका बहुआयामिक समस्याहरुको दीर्घकालिन समाधानका लागि जातीय छुवाछूत र भेदभाव विनाको अर्को नेपाल सम्भव छ, आउनुहोस निर्माण गरौं भन्ने मूल नाराकासाथ स्थापना गरिएको थियो उनले विज्ञप्तीमा स्मरण गरेका छन् ।

अध्यक्ष विकले हलिया मुक्ति तथा पुनःस्थापना पश्चात उस्तै समस्याका रुपमा रहेको पूर्वी नेपालको हरवाचरवाको मुक्तिको आन्दोलनमा नेटवर्ककोे नेतृत्वदायी भूमिकाका कारण यही २०७९ श्रावण २ गते प्रधानमन्त्री, मन्त्रीहरू, माननीय साँसदहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहका बीच अनुचित ऋणको खारेजीसहित हरवाचरवा मुक्तिको घोषणा गरेको दावी समेत गरेका छन् ।

हरवाचरवाको मुक्तिको घोषणासँगै अब नेपालमा सामन्तवादका अवशेषहरुका रुपमा रहेको प्रथाहरु औपचारिकरुपमा अन्त्य भएका छन र नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको छ विज्ञप्तीमा भनिएको छ ।

राष्ट्रिय दलित नेटवर्कनेपालले स्थापनाकालदेखि नै कमैया, हलिया तथा हरवाचरवाप्रथाको अन्त्य गर्ने लक्षकासाथ आन्दोलनको निर्माण गरेको हुनाले यो वर्षको स्थापना दिवसका सन्दर्भमा गौरव अनुभूति गर्दै देशैभरिका मुक्त कमैया, कम्लरी तथा हलिया विशेषगरी हरवाचरवाप्रथाको जीवन व्यथित गर्नु भएका दाजुभाइ तथा दिदिबहिनीहरुप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं विज्ञप्तीमा उल्लेख छ ।

यस ऐतिहासिक दिवसका सन्दर्भमा सर्वप्रथम नेपाल सरकारलाई हरवाचरवा पुनःस्थापना तथा कमैया कमलरी तथा हरलियाहरु जो अझै पुनःस्थापना हुन बाँकी छन् ,उनीहरुको पुनःस्थापनाका लागि संविधानसभा सदस्य श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन गर्न जोडदार माग गर्दछौं अध्यक्ष विकले विज्ञप्तीमा भनेका छन् ।

साथै एक कार्यान्वयन संरचनाको गठन गरेर आगामी निर्वाचन पूर्व मुक्त हरवाचरवाको तथ्याँक संकलन गर्ने काम पूरा गर्न माग गर्दछौं उनले भनेका छन् आफ्नो हकहितका लागि जसरी मुक्तिको आन्दोलनमा बन्धनको प्रवाह नगरी सक्रीयतापूर्वक त्याग गर्नु भयो त्यसैगरी पुनःस्थापनाको आन्दोलनमा अझ सशक्त रुपमा एक भएर लाग्न मुक्त हरवाचरवा, हलिया तथा कमैया र कम्लरी आन्दोनका अगुवाहरुलाई आव्हान गर्दछौं ।

विज्ञप्तीमा आन्दोलनमा स्वदेश तथा विदेशबाट सहयोग गरिरहनु हुने न्यायप्रमी समुदायमा अझ फलदायी साथ र सहयोगको लागि आव्हान गर्न चाहन्छौं । साथै पुनःस्थापनाका काममा निरनतर निगरानी गर्न मानवअधिकार तथा न्यायका पक्षधर सम्पूर्ण राजनीतिक दल, स्थानीय जनप्रतिनीधिहरु, नागरिक समाज, प्राध्यापक, शिक्षक, वकिल तथा संचारकर्मी मित्रहरुलाई अनुरोध गर्न चाहन्छौं भनिएको छ ।

राष्ट्रिय दलित नेटवर्क नेपालको आज २२औं स्थापना दिवसको अवसरमा यसका संस्थापकहरु, सामाजिक रुपान्तरणको अभियानका साझेदारहरु, आबद्ध महासंघ, नेटवर्क तथा एलाइन्सहरु, मानवअधिकार तथा नागरिक संगठनका अगुवाहरु, दलित राजनीतिक संगठनहरु, दलित एक्टिभिष्टहरु, नेटवर्कका सबै तहका साथीहरु र आम दलित समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै दलित अधिकार दशक २०३० को अभियानमा सदाझैं पक्तिबद्ध हुन आव्हान गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं अध्यक्ष विकले विज्ञप्तीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार