२९ बैशाख २०८१, शनिबार

डोटीको आदर्श गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो



डोटी/ डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

कांग्रेसका गणेशबहादुर खड्का तीन हजार ७७३ मतसहित निर्वाचित भए । भने नेकपा एमालेका डम्मरबहादुर ओली तीन हजार ३७७ मत पाएर पराजय भोगे । सो पालिकामा माओवादीका योगेन्द्रबहादुर खड्काले ९०७ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी लक्ष्मी धामीले तीन हजार ६७४ मत पाएर विजयी भइन् । उनकी प्रतिद्धन्द्धी एमालेकी जानकी शाहीले तीन हजार ३८९ मत ल्याइन् भने एकीकृत समाजवादीका रमेश बहादुर विष्टले ३३३ मत पाए ।

सो पालिकामा ०७४ को चुनावमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका थिए ।

सुदूरपश्चिममा काँग्रेसले जितेका सूची सहित

प्रधानमन्त्री देउवाको गन्यापधुरामा काँग्रेसका अध्यक्ष, उपाध्यक्ष र चार वडाअध्यक्ष विजयी

बैतडीको शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

एमालेको किल्ला बाजुराको स्वामिकार्तिकमा काँग्रेस पहिलो पटक विजयी

डोटीको बडीकेदारमा काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार