१० श्रावण २०८१, बिहीबार

गठवन्धन रहे संसद विघटन गर्नेहरु खप्तड गएर बस्छन कि भन्ने चिन्ता छ : पर्यटनमन्त्री धामी




धनगढी / उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले पाँच दलिय गठवन्धन कायम रहेर चुनावमा गए संसद विघठन गर्नेहरु खप्तड गएर बस्छन कि भन्ने चिन्ता लाग्ने गरेको बताएका छन् ।

सोमबार प्रदेश सरकारले गर्दै आएको कामबारे सदनलाई जानकारी गराउने क्रममा सो कुरा बताएका हुन । मन्त्री धामीले संसद विगठन गर्नेहरु खप्तड जान्छन कि भन्ने चिन्ता छ भन्दा एमालेका प्रमुख सचेतक लिलाधर भट्ट लगायत हाँसीरहेका थिए ।

उनले व्यक्तीबादीका विरुद्धमा लडेर दुई पटक प्रतिनिधि विगठन असफल पारिएको संकेत गर्दे , संविधान र लोकतन्त्र रक्षाका लागि गठवन्धन अझै कायम रहनु पर्ने बताए ।

उनले काँग्रेसलाई सरकारमा ल्याउन प्रदेश सरकार प्रयासरत रहेको पनि बताए ।

उनले आफू सरकारमा रहदा सबै ठिक नहुँदा सबै बेठिक भन्ने परम्परागत मान्यताको अन्त्य हुनु पर्नेमा पनि जोड दिए ।

मन्त्री धाँमीले बाढी पीडितलाई सरकारले नगद सहितकको राहत दिएको बताए । संघ सरकार मातहतको जिल्ला प्रशासन र निमित्त सचिवले कामचलाउनु पर्दा केही ढिलो भयो तर हामीले गर्ने काम गरेका छौ उनले प्रष्टीकरण दिए । उनले बाढी आए लगत्तै कात्तिकमा राहत प्याकेज घोषणा गरेको स्मरण पनि गरे ।

यो आर्थिक वर्षको अन्त्यसम्म सुदूरपश्चिममा सात सय किलोमिटर कालोपत्रे हुन्छ , केही काम भएन भन्ने प्रतिपक्ष दलका सांसदलाई जवाफ दिदै मन्त्री धामीले भने धेरै माननीयज्यूहरु प्रदेश सरकारले बनाएको सडकमै यात्रा गरेर प्रदेश सभाको बैठकमा भाग लिन आउनु भएको होला ।

उनले सेती तथा महाकाली प्रादेशिक अस्पताल, बाजुरा, दार्चुला र दार्चुलाका दुर्गम क्षेत्रतिरको विकास हेरेर आउन पनि प्रदेश सभा सदस्यहरुलाई आग्रह गरे ।

उनले विगतमा मन्दिरमा धेरै बजेट गएको भन्दै आलोचना हुन थालेपछि त्यो रोकेको बताउदै अव सबै काम प्रतिस्पर्धाबाट गर्न थालिएको पनि बताए ।

मन्त्री धामीले चालू आर्थिक वर्षको मसान्तसम्म वित्तीय प्रगति ८० प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत पु¥याउने लक्ष्य रहेको बताए । प्रदेश सभाको अर्को बैठक फागुन १६ गते बोलाइएको छ ।

आइतबार र सोमबारको बैठकमा काँग्रेस संसदीय दलका नेता रणबहादुर रावल, एमालेका प्रमुख सचेतक लिलाधर भट्ट र काँग्रेसका प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले सरकारको कडा आलोचना गरेका थिए ।

मल्लले त सरकारको आँखा,बुद्धी र विवेक खुलोस भन्ने कामना समेत गरेका थिए ।

र यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार