१० श्रावण २०८१, बिहीबार

विजनेश नहुँदा प्रदेश बैठक तीन दिन सारियो




धनगढी / सुदूरपश्चिम प्रदेश सभाको नवौ (हिउँदे) अधिवेशन शुरु भएको अर्को दिन नै विजनेश नभएर बैठक तीन दिनका लागि स्थगित गरिएको छ ।

प्रदेश सभाको नवौ अधिवेशन आइतबारदेखि शुरु भएको थियो । सोमबारको बैठकमा दूग्ध विकास बोर्ड सम्बन्धी संशोधन विधेयकमाथि सामान्य छलफल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले मन्त्रालयको प्रगति र कामकारबाहीबारे सदनलाइ जानकारी गराएपछि सभामुखले बैठक आगामी १७ गतेसम्मका लागि स्थगित गरेको घोषणा गरे ।

बैठकमा सभामुख अर्जुनबहादुर थापाले भने– सदनका लागि विजनेस छैन, त्यसैले बैठक पर सार्नुपरेको छ ।
सभामुख थापाले सरकारलाई समयमै सदनका लागि काम दिन आग्रह गरे ।

उनले भने, “म विषयगत समितिमा रहेका विधेयकहरू छिटोभन्दा छिटो सदनमा पेस गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार