२३ भाद्र २०८१, आईतवार

प्रदेश सभा सचिवमा बोगटी नियुक्त




धनगढी / सुदूरपश्चिम प्रदेश सभाको सचिवमा नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी नियुक्त भएका छन् ।
तत्कालिन सचिव रामसिंह ठगुन्नाले राजीनामा दिएपछि बोगटीको नियुक्ती भएको हो ।

सभामुख अर्जुनबहादुर थापाले आइतबार बोगटीले पद तथा गोपनियताको सपथ गराए ।

डोटी जिल्लाको शिखर नगरपालिका‐२ घर भएका बोगटीले आइतबार नै पदबहाली गरे ।

यसैवीच प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री तथा एकीकृत नेकपा समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बोगटीलाई बधाई दिएका छन् ।

सो अवसरमा पूर्वमन्त्री माया भट्ट पूर्व राज्यमन्त्री प्रकाशवबहादुर रावलले समेत बोगटीलाई बधाई दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार