२८ भाद्र २०८१, शुक्रबार

पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई



काठमाडौं । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौंले जितेको छ । 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौंले उपाधि उचालेको हो । काठमाडौंको जितका लागि खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो । मेसौकेको यो लिगको आठौं गोल हो । लिगका उनी सर्वाधिक गोलकर्ता हुन् 

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना यो प्रतिस्पर्धाको विजेता काठमाडौंले ट्रफीसहित ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता  धनगढीले भने १५ लाखमा चित्त बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार