१४ बैशाख २०८१, शुक्रबार

एलपीएल क्रिकेट शुरु : विद्या भूषणको विजयी सुरुवात





धनगढी / लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)– ५ क्रिकेट प्रतियोगिता शनिबारदेखि धनगढीमा शुरु भएको छ ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको आयोजनामा भइरहेको प्रतियोगितामा देशभरीका १६ वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको एक संक्षिप्त समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा गेटाको विद्याभूषणले जितेको छ । विद्याभूषणले आयोजक लिटल फ्लावरलाई सात विकेटले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा नौ विकेट क्षतिमा एक सय ५२ रनको चुनौतिपूर्ण स्कोर खडा गर्यो ।

लिटल फ्लावरका सुवास ऐरले ३७ तथा नरेन भट्टले ३६ रन बनाए । त्यस्तै, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए ।

बलिङतर्फ विद्याभूषणका शेर मल्लले तीन तथा वीरेन्द्र नाथ र प्रदिप चन्दले दुई/ दुई विकेट लिए भने सञ्जय केसीले एक विकेट लिए ।

शेर मल्ल र वीरेन्द्र नाथबीच एक सय २२ रनको साझेदारी भएपछि विद्याभूषणले १९ बल बाँकी छँदै तीन विकेट क्षतीमा लक्ष्य पुरा गर्यो ।
शेरले ७० र वीरेन्द्रले ३७ रन बनाए । भने नरेन साउँदले अविजित २६ रन बनाए ।

बलिङतर्फ लिटल फ्लावरका राजकुमार शाहले दुई तथा विपिन रावलले एक विकेट लिए ।
खेलको म्यान अफ द म्याच विद्याभूषणका शेर मल्ल बने ।

एलपीएल–५ को विजेताले एक लाख २० हजार रुपैया सहित ट्रफी तथा उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार