२३ बैशाख २०८१, आईतवार

स्पोर्ट्स अवार्डको दोस्रो संस्करण चैतमा



धनगढी । सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करण आगामी चैत्रको पहिलो साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आईतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्डबारे जानकारी दिइयो ।

गत वर्ष पुसमा पहिलो स्पोटर््स अवार्ड आयोजना भएकोमा यस वर्ष कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयभन्दा केही ढिलो गरी अवार्ड आयोजना गरिएको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए ।
उनले २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक सहित विभिन्न नौ विधामा अवार्ड प्रदान गरिने बताए । उनका अनुसार गत वर्ष विभिन्न छ विधामा अवार्ड प्रदान गरिएकोमा यस वर्ष तीन वटा थप गरिएको छ ।
उनका अनुसार यस वर्षदेखि अवार्डमा पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र आइकन पुरुष विधा थप गरिएको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी चार विधाका विजेतालाई ३० हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड, लाईफटाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई २५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार