१३ बैशाख २०८१, बिहीबार

बसेरा थारु होमस्टे बामे सर्दै



धनगढी । कैलालीको लम्की चुहानगरपालिका वडा नम्बर ३ मा मुक्त कमैयाहरूले सञ्चालन गरेको बसेरा थारु होमस्टे बामे सरिरहेको छ । स्थापनाको सुरुमै कोराना महामारीबाट प्रभावित भएको सो होमस्टे अहिले पुनः तंरिने अवस्थामा पुगेको छ ।

होमस्टेका सचिव दिपु चौधरीले ऋण लगानी गरेर सञ्चालन गरेको होमस्टे सञ्चालनमा ल्याएको महिना नपुग्दै ठप्प भएपछि निकै मारमा परेको बताए ।

शुरुमा मापदण्ड पुर्याउन नसकेर निकै दुख गरि तयार पारेको संरचनालाई पुनःनिर्माण गरि २०७६ माघ २७ गते लाइसेन्स प्राप्त गरेको सचिब दिपुले बताए ।

सो शिविरमा तीन सय पा“च घरधुरी छ । तीमध्ये सात घरमा होमस्टे सञ्चालन भएको छ । होमस्टेलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न लम्की चुहानगरपालिका वडा नम्बर ३ ले बर्दियाको डल्लाको होमस्टे, कञ्चनपुरको रानाथारु होमस्टेमा भ्रमण समेत गराएको सचिव दिपुले बताए ।

उनले भने– कोरोना महामारी पछि सरकारले बनाएको मापदण्ड अपनाएर पुनः होमस्टे सञ्चालनमा ल्याएका छौं, तर अहिले दिनमा पाँच देखि सात जनासम्म आन्तरिक पर्यटकहरू आईरहेको छन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार