१३ बैशाख २०८१, बिहीबार

आज रक्षाबन्धन अर्थात् जनैपूर्णिमा



आज श्रावण शुक्ल पूर्णिमा अर्थात् हिन्दू धर्माबलम्बीहरूको पवित्र चाड रक्षाबन्धन हो।

आज बिहानैदेखि हिन्दू धर्माबलम्बीहरूले नदी, ताल, तलाउ, पोखरी वा धारामा गइ स्नान गरेर गुरू पुरोहितले बिधिपूर्वक अभिषेक गरेको जनै र रक्षा लगाउने चलन छ।रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास छ।

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ। यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षमा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखिनै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ।

आजको दिन गुरू पुरोहित वा मान्यजनबाट रक्षाबन्धन वा जनै धारण गरेमा आयु, बुद्धि, तेज र बलको श्रबृद्धि हुने तथा त्यसमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छ।

नेपालको तराईं क्षेत्रमा भनेआजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने चलन छ।यसबाट दिदीबहिनी र दाजुभाईबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

रक्षाबन्धन लगाउँदा प्रयोग हुने मन्त्र: येन बद्धो बलीराजा दानबेन्द्रो महाबल, तेन त्वां प्रतिबध्धनानि रक्ष्यो मा चल चल अर्थात् अर्थ:- जुन रक्षा ( काँचो धागो) ले दानवहरूको राजा बलिलाई बाँधिएको थियो म पनि तिमीलाई त्यही धागोले बाँध्दछु।यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार