१२ श्रावण २०८१, शनिबार

विदेशी लगानीलाई देश विकासमा जोड्नु पर्छ– अर्थमन्त्री



टीकापुर/ संघीय अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विदेशी लगानी तथा अन्तर्राष्ट्रिय सहायतालाई देश विकासमा जोडनु जरुरी रहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले पछिल्ला वर्षहरूमा राजश्वमा वृद्धि हुदै गएको पनि बताए ।
शुक्रबार टीकापुर नगरपालिका वडा नम्बर ९ मा रहेको सत्ती भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयात मात्रैले देश समृद्धि नहुने दोहोराए । उनले स्थानीय तहमा ठूलो स्रोत साधन भएकाले औद्योगीकरणमा जोड दिन आग्र गरे ।
उनले खुल्ला सिमाका कारण राजश्व चुहावट हुने भएकाले सरकारले सिमा सुरक्षा बलको प्रवन्ध गरेको बताए ।
अर्थमन्त्री खतिवडाले पछिल्ला दुई वर्षका अवधिमा बैकको विस्तार दोब्बर भएकाले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।
भन्सार कार्यालय उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य रतनबहादुर थापा र उमा देवी वादी, पुर्व सांसद गरिमा शाह, जिल्ला समन्वय समितिका अध्यक्ष सुर्यबहादुर थापा, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावल, टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी लगायतले शुुभकामना मन्तव्य व्यक्त गर्ेका थिए ।
त्रिनगर भन्सार कार्यालय प्रमुख ईश्वरी अर्यालले स्वागत गरेको कार्यक्रमको संचालन सत्ती भन्सार कार्यालय प्रमुख रामचन्द्र ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार