२२ बैशाख २०८१, शनिबार

“सुनजस्तो धातु” सहित तीन पक्राउ



धनगढी/ कैलालीको धनगढीमा दुई किलो चार सय ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढीबाट सुनजस्तो देखिने पहेलो धातुसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी स्रोतले बरामद भएको बस्तु नक्कली सुन भएको प्रारम्भिक परीक्षणका भेटिएको बताएको छ ।
सो कार्यमा अरु व्यक्ति पनि संलग्न भएको हुन सक्ने प्रहरी स्रोतले बताएको छ । सुन भन्दै नक्कली सुन बेच्दै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार