१० श्रावण २०८१, बिहीबार

कृषि मन्त्रीद्वारा निर्माणाधीन कोल्डस्टोर निरीक्षण



सुखड । सुदूरपश्चिम प्रदेशका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री विनिता चौधरीले आइतबार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) को निरीक्षण गरेकी छिन् ।


मन्त्री चौधरीसंगै गौरिगंगा नगरपालिका प्रमुख भिमबहादुर देउवा, कृषि निर्देशानालयका प्रमुख यज्ञराज जोशी लगायतले पनि शीतभण्डारको निरीक्षण गरे ।
सो अवसरमा शीतभण्डारका सञ्चालक मदनराज जोशीले अहिलेसम्म ९० प्रतिशित काम पुरा भइसकेको र आगामी माघबाट शीतभण्डार सञ्चालनमा ल्याउने तयारी भईरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार