११ पुष २०८१, बिहीबार

एसओएस बालग्रामलाई स्टेशनरी सहयोग



धनगढी । धनगढी उपमहानगरपालिकाले गेटास्थित एसओएस बालग्राममा रहेका अनाथ बालबालिकाहरूका लागि स्टेशनरी सामग्री उपलब्ध गराएको छ ।
मंगलबार एक कार्यक्रमबीच उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बालग्रामलाई स्टेशनरी हस्तान्तरण गरे ।
उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा बालग्रामको संरक्षणमा रहेका वालबालिकाहरूलाई स्टेशनरी उपलब्ध गराउने गरी दुई लाख २० हजार रुपैया विनियोजन गरेको बताइएको छ ।
सो अवसरमा नगर प्रमुख वडले सरकारले नै एसओएस बालग्रामको अभिभावकत्व ग्रहण गर्नुपर्ने बताए । उनले भने– यो बालग्रामलाई प्रदेश सरकारको स्वामित्वमा ल्याउन प्रदेश सरकारसंग आग्रह गरेका छौं ।
कार्यक्रममा एसओएस बालग्रामका निर्देशक पदम हमालले राज्यले नै एसओएस बालग्रामको अभिभावकत्व लिन आग्रह गरे ।
संस्थाले एक सय छ जना टुहुरा वालबालिकालाई संरक्षण तथा लालनपालन गरिरहेको छ । निर्देशक हमालका अनुसार स्थानीय सरकारको सिफारिसमा आमाबुवा दुबै गुमाएका पाँच बर्ष मुनिका वालबालिकालाई संस्थाले संरक्षण प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार