१० श्रावण २०८१, बिहीबार

छ ल्यानमा ट्रककाे ठक्करबाट स्कुटी चालकको मृत्युपछि तनाव



धनगढी । महाकाली राजमार्गको मोहनापुल–अत्तरिया खण्डमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।


युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२ १७ नम्वरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मुत्यु भएको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको कैलाली प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयहरुले सो ट्रकमा तोडफोड तथा आगजनी गरेका थिए । आक्रोशित भई सडकमा उत्रिएका स्थानीयहरुलाई नियन्त्रण गर्न प्रहरीले एक राउण्ड आश्रृग्यास प्रहार गरेको छ । घटनास्थलमा प्रहरी नायव उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोली खटिएको थियो ।
उता, बाजुरा जिल्लाको माथिल्लो क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका–५ मा पर्ने दानसाँगुमा शुक्रबार दिउसो २ बजे ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुडिनन्दा नगरपालिका–७ का २१ बर्षीय दवेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिह भाटले बताए ।
मार्तडीबाट कोल्टी जादै गरेको लु ४ त ७८१ नम्वरको ट्याक्टर सडकमा एकाएक पल्टिदा खड्काको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपवरिक्षक भाटले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार कैलाली जिल्ला घर भएका ट्याक्टर चालक रविन्द्र चौधरी र स्वामकार्तिक गाउँपालिका–३ जुकोट घर भएका प्रकाश शाही गम्विर घाइते भएको बताए ।
घाइतेको उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चोट बढी लागेका चौधरी र खड्काको थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकप्टर ल्याउने पहल भइरहेको भाटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार