१० श्रावण २०८१, बिहीबार

अज्ञात समुहद्धारा डोटीमा वडा कार्यालय जलाईयो



डडेल्धुरा । डोटीको बडीकेदार गाउँपालिका ४ मान्नाकापडीको वडा कार्यालय अज्ञात समुहद्धारा सोमबार राति जलाईएको छ ।

डोटी जिल्लाको दक्षिण क्षेत्रमा रहेको गाउँपालिकाको वडा कार्यालयको ढोका तोडफोड गरेर सामाग्रीहरु एक ठाउँमा जम्मा गरेर आगो लगाईएको वडा नम्बर ४ का वडा अध्यक्ष बिरेन्द्र बहादुर कोटकेनीले बताएका छन् ।

उनले भने ‘ वडा कार्यालय गाउँभन्दा अलि माथी छेउमाछ, धेरै टाढाँ पनि छैन् तर रातिको समयमा कार्यालयको ढोका फोडेर सबै सामाग्रीहरु एक ठाउँमा जम्मा गरेर सुनियोजित तरिकाले जलाएको हो सबै सामाग्रीहरु नस्ट गरिएको छ । ’

हिजो अस्तिका दिनहरुमा आफु वडा कार्यालयमा बसी सेवा प्रवाह गरिरहेको कसै संग त्यस्तो बिमती, बादबिवाद केही नभएकोले ढोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने अध्यक्ष कोटकेनीले बताए । रातिको समयमा आयो लगाईएको भएपनि मंगलबार बिहान मात्र प्रहरीलाई जानकारी भएपछी ईलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

वडा कार्यालय जलाईयो भन्ने खबर सुन्दा दुखद खबर भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । उनले भने ‘वडा कार्यालय भनेको जनताको कार्यालय हो जनताका केही बिमतीहरु भए वडा आफ्नो जनप्रतिनिधी अध्यक्ष संग राख्ने हो यस बिषयमा गाउँपालिकाले टोली गठन गरि छानबिन गर्ने बताए । ’ आगो कसले लगायो, किन लगायो भन्ने बिषयमा केही पत्ता लागेको छैन् । घटना स्थल तर्फ प्रहरी गईरहेकोले अनुसन्धान पछी मात्र थाहा हुने वडा अध्यक्षले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार