१२ बैशाख २०८२, शुक्रबार

पत्रकारमाथि कुटपिट गर्ने थापा पक्राउ



धनगढी। पत्रकार जनक विष्टमाथि कुटपिट गर्ने धनगढीका व्यापारी तेजेन्द्र थापालाई प्रहरीले पक्राउ गरेका छ।

दिनेश सञ्चार गृहमा सहायक सम्पादक पदमा कार्यरत विष्टमाथि कुटपिट गर्ने थापालाई धनगढीको एलएन चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक वकिल सिंह नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेर जिल्ला बुझाएको हो।

प्रहरीमा जाहेरी परेपछि उनी पक्राउ परेका हुन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार