१४ पुष २०८१, आईतवार

दाइजाेः हत्या कि अात्महत्या ?



धनगढी । बिहीबार दिउँसो १ बजेतिर नेपालगञ्जका इश्लाम अहमद कुरैसीको मोबाईलमा घण्टी बज्यो । उनले चिनजानकै नम्बरबाट फोन आएको देखेर उठाए । फोनमा सुनिएको शब्दले उनको आ“खाबाट एक्कासी आँशु झर्यो । फोन थियो उनकी छोरीकी नन्द रानी कुरैसीको । उनकी छोरी नन्दाले फोनमा भनिन्– भाउजुले आत्महत्या गरिन् ।
इश्लामकी २५ वर्षीया छोरी रुक्सार कुरैसीले आत्महत्या गरेको कुरा सुनेपछि उनी फटाफट गाडी रिजर्भ गरेर कैलालीतिर हि“डे । तर, उनी छोरी भएको घरमा नपुग्दै शव सेती अञ्चल अस्पतालमा ल्याइएको थियो । शुक्रबार उनी छोरीको शव हेर्न विहानदेखि नै प्रहरी कार्यालय धाएका थिए । सरकारी वकिल कार्यालयमा पुगेर कागजपत्र बनाएर दिउ“सो मात्र उनले छोरीको शव हेर्न पाए ।
सरकारी वकिल कार्यालयको काम सकेर सञ्चारकर्मीहरूसंग भेटेका इश्लामले भने– छोरीले आत्महत्या गरेकी होइन । मेरी छोरीको हत्या भएको छ । उनले दाइजोकै कारण नै आफ्नी छोरीको हत्या भएको दाबी गरे । राम्रैसंग सञ्चारकर्मीसंग कुराकानी गरिरहेका इश्लाम बोल्दाबोल्दै एक्कासी भक्कानिए । उनको मुखबाट रोदनमिश्रित मुस्किलले शब्द निस्कियो– ‘छो….रीले ….’
स्पष्टसंग बोल्न नसकेका इश्लामले भने– छोरीकी सासु आमा, नन्द र दुई देवरले दाइजोका लागि यातना दिइरहेका थिए । उनका ससुराली पक्षले एक मोटरसाईकल र तीन लाख रुपैया दाइजो माग गरेका थिए ।
उनले भने– सात महिनासम्म मसंग छोरीले राम्रैसंग कुरा गरिरहेकी थिइन् । एक महिना अघिदेखि घरबाट दाइजोको कुरा उठेको थियो । मेरी छोरीले सात महिनासम्म मलाई त्योबारे केही भनिन, एक महिना अघिमात्र आफ्ना घरवालाले रुपैया र मोटरसाइकल मागिरहेका छन् के गरु भनेकी थिइन् ।
इश्लामले छोरीले आत्महत्या भएको खबर सुन्नु भन्दा पा“च मिनेट अघि भएको कुरा सुनाए । ‘छोरीले मलाई दाइजोकै कुरा गरिन् । म भोली आउ“छु, शान्त भएर बस । तिनिहरूले भनेका कुरा दिन्छु’ भनेर फोनमा भने भने । तर, छोरीसंग गफ गरेको पा“च मिनेटपछि छोरीकी नन्दले बाट छोरीले आत्महत्या गरेको खबर पाए ।
….
२५ वर्षीया रुकसार कुरैसीको नौ महिनाअघि साहेव आलमसंग विवाह भएको थियो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ वनकट्टामा भाडामा बस्दै आएका साहेवकी आमा नकुसाले इश्लामसंग ‘तपाइकी छोरी दिनुप¥यो भनेर घरमै पुगेकी थिइन् ।
विवाहको समयमा दाइजो नचाहिएको भन्दै साहेवसंग छोरीको विवाह गरिएको उनले बताए । उनले भने– विवाहको समयमा छोरीलाई सुन, चा“दी, एचडी टिभी, भाडाकु“डा लगायतका विभिन्न सामान दिएको थिए ।
प्रहरीले अहिले साहेव र एक भाइलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कमल विष्टले रुकसारका माइती पक्षबाट छ जनाविरुद्ध ‘मर्नुसम्मको परिस्थिती सिर्जना गरियो’ भनेर जाहेरी आएको बताए । उनले अन्यलाई नियन्त्रणमा लग्ने प्रयास भइरहेको बताए ।
प्रहरी निरिक्षक विष्टका अनुसार हत्या भएको प्रमाणित भएमा ज्यान मुद्दाअन्र्तगत सजाय हुने र आत्महत्या गर्ने परिस्थिति सृजना गरेकोमा पा“च वर्ष कैद र ५० हजार जरिवाना सजाय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार