१० श्रावण २०८१, बिहीबार

थप बजेट चाहिन्छः मन्त्री बोहरा



धनगढी । सुदूरपश्चिम प्रदेशका विकास आयोजनाको बजेट खर्च नभएको सदन र सदनबाहिर चर्चा चलेको बेला सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले नियमित विनियोजित बजेट खर्च भई थप बजेट आवश्यक पर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठकमा मन्त्री बोहराले प्रदेश सभाको विभिन्न बैठकको शुन्य र विशेष समयमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिंदै थप तीन अर्ब बजेट आवश्यक पर्ने बताएका हुन् । उनले सो बजेट माग गरी मन्त्री परिषद्मा मन्त्रालयले पठाइसकेको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालले तीन हजार दुई सय ३२ योजनाहरु कार्यान्वयन गरिरहेको बताउदै उनले कार्यक्रमहरु ढिलो गरी कार्यान्वयनमा गएका कारण खर्च कम भएको देखिएको जनाए । उनले क्रमागत रुपमा खर्च हुने र शुरुमै भुक्तानी नदिने भएकाले बजेट खर्च भएको नदेखिएको बताए । मन्त्री बोहराले काम सञ्चालन भइरहेको बताए । उनले आगामी दुई महिनामा योजनाहरुको कामको आधारमा भुक्तानी हुने हुँदा खर्चको दर बढ्ने र प्रगति ७० प्रतिशत भन्दा माथि पुग्ने आफ्नो आंकलन रहेको जनाए ।
भौतिक र्पूाधार मन्त्रालयले चालू आर्थिक बर्षमा विकास योजना सञ्चालन गर्न सहजता हुने गरी मातहतका कार्यालयहरु स्थापनामा बढी समय दिनुपरेका कारण योजनाहरु छिटो कार्यान्वयन गर्न नसकिएको भन्दै मन्त्री बोहराले आगामी आर्थिक बर्षदेखि समयमै कार्यान्वयन हुने जनाए । उनले फागुन मसान्तसम्म १० प्रतिशत पुँजिगत खर्च भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार