२ जेष्ठ २०८१, बुधबार

सात नम्वर प्रदेशको संसद वैठक ८ गते बस्ने



धनगढी । सात नम्बर प्रदेश सभा संसदको बैठक चैत ८ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको छ ।
सातौ पटक बस्न थालेको बैठकले चारवटा संसदीय समितिका सदस्यहरुको नाम अनुमोदन गर्ने सम्भावना रहेको छ । यद्यपी संसद बैठकको कार्यसूची बिहीबार विहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको वैठकले टुङ्गो लगाउने संसद सचिवालयका सचिव बालाराम शर्माले बताए ।
सात नम्बर प्रदेशको संसदमा सार्वजनिक लेखा समिति, बिधायन समिति,प्रदेश मामिला समिति र अर्थ बिकास समिति रहने व्यवस्था संसदले यसअघि नै गरिसकेको छ ।
बिहीबारको संसदले लोगो निर्माण समितिका सदस्यको नाम पनि अनुमोदन गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार